• ट्रेण्डिङ्ग :
आज प्रदेश १, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

आज प्रदेश १, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


  • 5.2K
    SHARES
    • श्रावण १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    आज प्रदेश १, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    काठमाडौं, १० साउन ।  मंगलबार बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ  ।

    images

    दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि पनि आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

    राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    बुधबार देशभर बदली रहनेछ । पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाले उल्लेख गरेको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा