• ट्रेण्डिङ्ग :
उम्मेदवारी दिएपछि सांसद पद स्वतः सकिन्छ: आयुक्त थपलिया

उम्मेदवारी दिएपछि सांसद पद स्वतः सकिन्छ: आयुक्त थपलिया


  • 6.2K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    उम्मेदवारी दिएपछि सांसद पद स्वतः सकिन्छ: आयुक्त थपलिया

    काठमाडौं, १९ साउन। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभाका सांसद र प्रदेश सभा सदस्यको पद उम्मेदवारी दर्ता गरेपछि स्वतः सकिने बताएका छन् । 

    images

    आयोगले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले उम्मेदवारी दिएपछि पद स्वतः सकिएको मानिनुपर्नेमा आयोगको धारणा स्पष्ट रहेको बताएका हुन् ।

    प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालको व्याख्या आयोगले गर्ने होइन । आउँदो मंसिर २१ गते पदावधि समाप्त हुन्छ भनेर दस्तावेज पठाएका थियौं । दसैंलगत्तै उम्मेदवारी दिने योजनामा छौं । उम्मेदवारी दिएपछि निजहरुको पद स्वतः सकिएको मानिनुपर्छ भन्ने आयोगको स्पष्ट धारणा छ । ’

    सबै उम्मेदवारका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउन बहालवाला सांसदको पदावधिबारे टुंगो लगाइने उनले बताए ।सांसदहरूको पदावधि अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरुप हुनुपर्ने प्रमुख आयुक्त थपलियाको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # संघ-प्रदेश निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप