• ट्रेण्डिङ्ग :
९० केजी गाँजा सहित एम्बुलेन्स प्रहरी नियन्त्रणमा

९० केजी गाँजा सहित एम्बुलेन्स प्रहरी नियन्त्रणमा


  • 7.4K
    SHARES
    • श्रावण ३१, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    ९० केजी गाँजा सहित एम्बुलेन्स प्रहरी नियन्त्रणमा

    सिरहा । सिरहाको लाहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा सहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा प्रतिबन्धित लागू औषध ९० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको हो ।

    images

    प्रहरीले अहिले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  ईलाका प्रहरि कार्यालय लाहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको हो । चालक र एम्बुलेन्स गाजा सहित ईलाका प्रहरी कार्यलय लाहानमा राखेको प्रहरीले जनाएको छ  ।

    पुर्वपश्चिम लोकमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको अगाडिबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यलय लाहानका डिएसपी कुमार मैनालीले बताएका छन । चालकको नाम गोप्य राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एम्बुलेन्स प्रहरी नियन्त्रणमा

  • तेस्रो आँखा