• ट्रेण्डिङ्ग :
महाअभियोग सिफारिस समितिको बैठक निष्कर्षमा पुग्नै सकेन, छिटाे टुंग्याउन एमालेको प्रस्ताव  

महाअभियोग सिफारिस समितिको बैठक निष्कर्षमा पुग्नै सकेन, छिटाे टुंग्याउन एमालेको प्रस्ताव  


  • 6.1K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    महाअभियोग सिफारिस समितिको बैठक निष्कर्षमा पुग्नै सकेन, छिटाे टुंग्याउन एमालेको प्रस्ताव  

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रक्रिया एक महिनाभित्र टुंग्याउन प्रस्ताव  गरेको छ । प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता भएको महाअभियोगमाथि छानबिन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठकमा एमालेले यस्तो प्रस्ताव गरेको हो । 

    images

    एमालेका सांसद कृष्णभक्त पोखरेलले प्रधानन्यायाधीश जस्तो व्यक्तिमाथि दर्ता भएको महाभियोगलाई धेरैदिन लम्ब्याउन नहुने जनाए ।  एक महिनाभित्रै सक्नेगरी प्रक्रिया अगाडि बढाउनुपर्ने प्रस्ताव गर्दै उनले अहिले नै कार्यतालिका तय गरेर यसलाई छिटै टुंग्याउँदा उपयुक्त हुने जनाए । 

     प्रधानन्यायाधीश राणाविरुद्ध गठित महाअभियोग सिफारिस समितिको बैठक आज(आइतबार) कुनै निष्कषमा पुग्न सकेन । समिति गठन भएको झण्डै ६ महिनापछि बुधबार पहिलो बैठक बसेको हो । सत्ता गठबन्धनका ९८ जना सांसदहरुले गत फागुन १ गते प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । महाअभियोगमा राणाविरुद्ध विभिन्न २१ वटा आरोप लगाइएको छ । 

     यसैबीच, गठन भएको झण्डै ६ महिनापछि सक्रिय भएको महाअभियोग सिफारिस समितिले आन्तरिक कार्यविधिको मस्यौदा तयार पारेको छ।  हाल कायम रहेको प्रतिनिधि सभाको कार्याकाल रहुञ्जेलसम्म कायम रहने महाअभियोग सिफारिस समितिको पहिलो जिम्मेवारी भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियो प्रस्तावमाथि छानबिन गर्ने छ।