काठमाडौं । न्युजिल्यान्ड र वेस्टइन्डिजबीच दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगिता आज राति पौने १२ बजे हुने भएको छ । खेलमा ब्रिजटाउनमा सुरु हुने आयोजकले जनाएको छ । तीन खेलको शृंखलामा घरेलु टोली वेस्ट इन्डिजले १-० को अग्रता बनाइसकेको छ ।
पहिलो खेलमा न्युजिल्यान्ड पाँच विकेटले पराजित भएको न्युजिल्यान्डलाई आजको खेल जित्नुपर्ने दबाब छ । दुई देशबीचको तेस्रो तथा अन्तिम खेल आइतवार हुने भएको छ । तीन खेलको टी–२० शृंखला भने न्युजिल्यान्डले २–१ को अन्तरालमा जितीसकेको छ ।
