• ट्रेण्डिङ्ग :
नवौं राष्ट्रिय खेलकुदको तयारी, ६० करोड छुट्याइयो !

नवौं राष्ट्रिय खेलकुदको तयारी, ६० करोड छुट्याइयो !


  • 4.7K
    SHARES
    • भाद्र ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    नवौं राष्ट्रिय खेलकुदको तयारी, ६० करोड छुट्याइयो !

    काठमाडौं । सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्न ६० करोड रुपैयाँ छुट्याएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि  ६० करोड रुपैयाँ छुट्याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले बताए । उनले उक्त रकम तीनपटक गरेर लिनेसमेत जानकारी दिएका छन् ।

    images

    पहिलो चरणमा १० करोड, दोस्रो चरणमा २३ करोड र तेस्रो चरणमा २७ करोड रुपैयाँ लिने उनको भनाइ छ । सरकारले पहिलो चरणका लागि  १० करोड रुपैयाँ रकम भने विनियोजन गरिसकेको छ । 

    उक्त रकम विभिन्न प्रदेशमा प्रतियोगिताको तयारीका लागि पठाइसकेको सदस्य-सचिव घिसिङले जानकारी दिएका छन् । राखेपले उक्त प्रतियोगिताको काउन्टडाउनसमेत सुरु गरिसकेको छ । अब उक्त प्रतियोगिता सञ्चालन हुन ५० दिन बाँकी छ ।

    प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ । खेलमा ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा तीन सय ९३ स्वर्ण,  तीन सय ९३ रजत र ६ सय कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको खेलस्थल भने यही भदौ १५ गतेसम्म टुंगो लाग्ने राखेप सदस्य-सचिव घिसिङले बताए ।