• ट्रेण्डिङ्ग :
केन्यालाई ५ विकेटले हराउँदै नेपाल विजयी

केन्यालाई ५ विकेटले हराउँदै नेपाल विजयी


  • 5.0K
    SHARES
    • भाद्र १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    केन्यालाई ५ विकेटले हराउँदै नेपाल विजयी

    काठमाडौं । केन्यासँगको टी-ट्‌वान्टी सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । केन्याविरुद्धको खेलमा ५ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो ।

    images

    केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्यायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३१, आरिफ सेखले अविजित २१, ज्ञानेन्द्र मल्लले १९, आसिफ सेखले १९, रोहित पौडेलले १५ रन र आदिल आलम २ रन बनाउँदै नेपाललाई जित दिलाए । आदिल अविजित रहे ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १३० रनको योगफल बनाएको थियो । केन्याका लागि इर्फान करिमले ३४, लुकास ओउचले ३०, नेल्सन ओडिम्बेले १९ र सचिन बुढाइले १७ रन बनाएका थिए ।

    बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट, कप्तान सन्दीप लामिछानेले दुई विकेट लिएका थिए । त्यस्तै आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # केन्यालाई ५ विकेटले हराउँदै नेपाल विजयी

  • तेस्रो आँखा