• ट्रेण्डिङ्ग :
दोस्रो टी-ट्वान्टीमा नेपाल १८ रनले केन्यासँग पराजित

दोस्रो टी-ट्वान्टीमा नेपाल १८ रनले केन्यासँग पराजित


  • 4.7K
    SHARES
    • भाद्र १०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    दोस्रो टी-ट्वान्टीमा नेपाल १८ रनले केन्यासँग पराजित

    काठमाडौं । केन्याविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाल १८ रनले पराजित भएको छ । शुक्रबार भएको खेलमा घरेलु टोली केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो । पहिलो खेल हारेको केन्याले दोस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृंखला १-१ को बराबरी गरेको छ ।

    images

    नेपालका लागि आरिफ सेखले सर्वाधिक २५ रन बनाए । रोहित पौडेल र आदिल आलमले २०-२० र पवन सर्राफले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    ओपनर आसिफ सेख तेस्रो र ज्ञानेन्द्र मल्ल चौथो ओभरमा आउट भएपछि नेपालले ११ रनमै २ विकेट गुमाएको थियो । त्यसपछि पवन र रोहितले इनिङलाई अघि बढाए । कप्तान सन्दीप लामिछाने ८ रन बनाएर १९औं ओभरमा आउट भए ।

    केन्याका एमाननुएल बुण्डी, लुकास ओलुच र भिराज पटेलले २-२ विकेट लिए ।