काठमाडौं । चौथो अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा केन्याले नेपाललाई जितका लागि एक सय दुई रनको लक्ष्य दिएको छ ।
आज भएको खेलमा टस जितेर ब्याटिङ थालेको केन्याले २० ओभरमा १०१ रनमात्र बनाएको हो । केन्यालाई सस्तैमा रोक्न नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै ९ रनमात्र खर्चिएर ५ विकेट झारेका हुन् ।
त्यस्तै आदिल आलमले २, साहब आलम, दीपेन्द्रसिंह ऐरीले समान १र१ विकेट लिए । नेपाली बलरले कसिलो बलिङ गरेपछि केन्याका तीन ब्याट्सम्यानले मात्रै दोहोरो रन जोड्न सकेका थिए।
लुकास ओलुचले ३३, शेम गोचेले १३ र कोलिन्स ओबुयाले २० रन मात्र बनाए। अरुले उल्लेख्य रन बटुल्न सकेनन्। आजको खेल जिते नेपालले पाँचमध्ये तीनमा जित हात पार्दै शृंखला १ खेलअगावै जित्नेछ।
