• ट्रेण्डिङ्ग :
झापाबाट ४४९ खेलाडी छनोट, प्रशिक्षकलाई सम्मान

झापाबाट ४४९ खेलाडी छनोट, प्रशिक्षकलाई सम्मान


  • 5.6K
    SHARES
    • भाद्र १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    झापाबाट ४४९ खेलाडी छनोट, प्रशिक्षकलाई सम्मान

    झापा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाबाट चार सय ४९ खेलाडी छनोट भएका छन् । प्रतियोगितामाअन्तर्गत प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा भाग लिन २७ विधामा ४४९ जना खेलाडी छनोट भएका हुन् । भदौ ४ देखि सुरु भएको खेलाडी छनोट प्रतियोगिता सोमबार औपचारिक रुपमा समापन गरिएको छ ।

    images

    समापन कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले खेलकुद देशको पहिचानको महत्त्वपूर्ण आधारस्तम्भ भएकाले खेलकुदलाई सबै क्षेत्रबाट सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए । खेल र खेलाडीलाई साधनस्रोत र सुविधा उपलब्ध गराउन सके अपेक्षाकृत सफलता मिल्ने उनले बताए । 

    झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) ले छनोट प्रतियोगिताको गतिविधिबारे जानकारी गराएका थिए । सीमित स्रोतसाधनका बाबजुत भव्य रुपमा छनोट प्रतियोगिता आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिएको उनले बताए । कार्यक्रममा खेलकुद विकास समितिमा प्रशिक्षकका रुपमा लामो समय सेवा पुर्‍याएर सेवा निवृत्त भएका दुई प्रशिक्षकलाई सम्मान गरिएको छ । हक्कीका प्रशिक्षक ज्ञानेन्द्र खड्का र तेक्वान्दोका प्रशिक्षक प्रदीप श्रेष्ठलाई सम्मान गरिएको हो । -रासस