सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १०, बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ ।
तीजको नाच हेर्ने क्रममा मंगलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जीसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
‘स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जीसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदै छ,’ उनले भने, ‘मृतकको टाउकोमा गहिरो चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।’
