• ट्रेण्डिङ्ग :
सूचना आयोगको सुझाव- निर्वाचनबारे मतदातालाई अधिकतम सूचित गरौं

सूचना आयोगको सुझाव- निर्वाचनबारे मतदातालाई अधिकतम सूचित गरौं


  • 6.9K
    SHARES
    • भाद्र १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    सूचना आयोगको सुझाव- निर्वाचनबारे मतदातालाई अधिकतम सूचित गरौं

    काठमाडौं । राष्ट्रिय सूचना आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, पारदर्शी, जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम जानकारी पाउने वातावरण बनाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ ।

    images

    आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको अध्यक्षतामा भदौ १६ गते भएको ३७औँ बैठकले निर्वाचनका लागि उम्मेदवारले पेस गर्ने मनोनयनपत्र तथा संलग्न कागजात सर्वसाधारण मतदातालाई जानकारी गराउन र निर्वाचन सम्पन्न भएपश्चात कानुनबमोजिम उम्मेदवारले पेस गरेको निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न सुझाव दिने निर्णय गरेको हो ।

    आयोगका सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाका अनुसार सूचनादाताको संरक्षणसम्बन्धी नियमावलीको मस्यौदा स्वीकृतिको कारबाही अगाडि बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाउने पनि निर्णय भएको छ । यस्तै सूचनाको हक कार्यान्वयनसम्बन्धी राष्ट्रिय रणनीतिक योजनामा अन्तिम सुझाव प्राप्त गर्न आयोगको वेबसाइटमा एक महिनाका लागि राख्ने र सम्बद्ध मन्त्रालयको पनि सुझाव लिने आयोगले निर्णय गरेको छ ।

    आयोगले नेपाल र बंगलादेशका सूचना आयोगबीच भएको आपसी सहयोगसम्बन्धी समझदारीपत्र तथा कार्यान्वयन कार्ययोजनाबमोजिम कार्य अगाडि बढाउने तथा भारत र श्रीलंकाका सूचना आयोगसँग पनि आपसी सहयोगसम्बन्धी समझदारी गर्न प्रस्ताव गर्ने निर्णय गरेको प्रवक्ता ओलीले जानकारी दिइन् ।