• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा काजी तुलाराम पाँडेप्रति श्रद्धाञ्जलि अर्पण

राष्ट्रपतिद्वारा काजी तुलाराम पाँडेप्रति श्रद्धाञ्जलि अर्पण


  • 5.0K
    SHARES
    • भाद्र १८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    राष्ट्रपतिद्वारा काजी तुलाराम पाँडेप्रति श्रद्धाञ्जलि अर्पण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा काजी तुलाराम पाँडेको स्मृतिमा आयोजित स्मृतिसभामा उपस्थित भई उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छिन् ।

    images

    काठमाडौंको वसन्तपुरमा आयोजना गरिएको काजी तुलाराम पाँडेको २५४औँ स्मृतिसभामा राष्ट्रपति भण्डारीले पाँडेको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेकी हुन् ।

    काजी तुलाराम पाँडे नेपाल एकीकरणको अभियान सुरु गरेका शाहवंशीय राजा पृथ्वीनारायण शाहका सैन्य सारथि थिए । तुलाराम पाँडे पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेका भाइ थिए ।
         
    नेपाल एकीकरणको अभियानअन्तर्गत विसं १८२५ असोज १४ गते (भाद्र चतुर्दशी इन्द्रजात्राका दिन) कान्तिपुर हमलाका क्रममा तुलाराम पाँडेको काठमाडौंको वसन्तपुरस्थित तुलजा भवानी मन्दिर परिसरमा निधन भएको हो ।

    सो समारोहमा इतिहासकार प्राध्यापक दिनेशराज पन्तले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको सैनिक सारथिका रुपमा रहेर काजी तुलाराम पाँडेले नेपालको एकीकरणमा ठूलो योगदान पुर्‍याएको स्मरण गरे ।

     

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति भण्डारी

  • तेस्रो आँखा
    लेखकबाट थप