• ट्रेण्डिङ्ग :
मुख्यसचिवसहितका उच्चपदस्थ अधिकारी फुटबल खेल्न आज मैदान उत्रदै

मुख्यसचिवसहितका उच्चपदस्थ अधिकारी फुटबल खेल्न आज मैदान उत्रदै


  • 6.7K
    SHARES
    • भाद्र २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    मुख्यसचिवसहितका उच्चपदस्थ अधिकारी फुटबल खेल्न आज मैदान उत्रदै

    काठमाडौं । नेपाल सरकारका मुख्य सचिवसहितका सरकारी उच्च पदस्थ अधिकृत फुटबल खेलका लागि मैदानमा उत्रदै छन् । निजामती सेवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित फुटबल प्रतियोगिताका लागि आज (बुधबार) मुख्यसचिव शंकरदास बैरागीसहितको टोली खेलमैदानमा उत्रन लागेका हुन् ।

    images

    सातदोबाटोस्थित एनफा कम्ल्पेक्समा आज दिउँसो ३:३० बजे हुने उक्त प्रतियोगितामा उच्च तहका अधिकृत र निजामती सेवासँग सम्बन्धित ट्रेड युनियन पदाधिकारीको टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता डेढ घन्टा अवधिको हुनेछ ।

    मुख्यसचिवको नेतृत्वमा रहेको २५ सदस्यीय टोलीमा सात आठ सचिव, सात सहसचिव र अरु उपसचिव रहनुहुनेछ । विसं २०१३ भदौ २२ गते निजामती ऐन जारी भएको दिनलाई विगत १५ वर्षदेखि प्रत्येक वर्ष निजामती दिवसका रुपमा मनाइने गरिएको छ । निजामती प्रशासन जनताको सेवासँग जोडिएको प्रणाली हो ।

     मुलुकको खेलकुद क्षेत्रमा रहेका राष्ट्रसेवक कर्मचारीलाई प्रेरित गरी सकारात्मक सन्देश प्रवाह होस् भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको मन्त्रालयका सचिव दामोदर रेग्मीले बताएका छन् ।