• ट्रेण्डिङ्ग :
१७ वर्षमुनिको पुरुष साफ फुटबल : नेपाल-भुटान आमनेसामने

१७ वर्षमुनिको पुरुष साफ फुटबल : नेपाल-भुटान आमनेसामने


  • 4.9K
    SHARES
    • भाद्र २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    १७ वर्षमुनिको पुरुष साफ फुटबल : नेपाल-भुटान आमनेसामने

    काठमाडौं । श्रीलंकामा जारी १७ वर्षमुनि पुरुषतर्फको साफ फुटबलमा नेपालले आज (बुधबार) भुटानसँग खेल्ने भएको छ । दुई देशबीचको खेल कोलम्बोको रेस कोर्स मैदानमा साँझ ८ बजेदेखि सुरु हुनेछ ।

    images

    नेपालले आज भुटानसँग पहिलो खेल खेल्न लागेको हो । गएको सोमबार भएको उद्घाटन खेलमा भारतले भुटानलाई शून्यका विरुद्ध ३ गोलले पराजित गरेको थियो ।

    त्यस्तै अर्को खेलमा बंगलादेशले श्रीलंकालाई ५-१ गोल अन्तरले हराएको थियो । प्रतियोगितामा बंगलादेश, श्रीलंका, माल्दिभ्स, नेपाल, भारत र भुटान सहभागी छन् । दोस्रो खेलमा नेपालले भारतसँग शुक्रबार खेल्ने भएको छ । 

  • सम्बन्धित विषय:

  • # साफ फुटबल

  • तेस्रो आँखा