• ट्रेण्डिङ्ग :
असोज २३ मा प्रत्यक्षतर्फको उम्मेद्‌वारी मनोनयन !

असोज २३ मा प्रत्यक्षतर्फको उम्मेद्‌वारी मनोनयन !


  • 4.6K
    SHARES
    • भाद्र २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.0K Views

    असोज २३ मा प्रत्यक्षतर्फको उम्मेद्‌वारी मनोनयन !

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
          
    स्वीकृत कार्यक्रमअनुसार असोज २३ गते उम्मेद्‌वारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेद्‌वारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ । 

    images

    यस्तै असोज २५ गते उम्मेद्‌वारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेद्‌वारको नाम फिर्ता लिने, उम्मेद्‌वारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेगरी तोकिएको आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा छ । यी सबै निर्वाचन कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सञ्चालन हुनेछन् ।

    आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेद्‌वार हुन नपाउने व्यवस्था विद्यमान निर्वाचन कानुनमा छ ।