काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली फुटबल टोलीको प्रशिक्षकबाट बाहिरिएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्टाटस लेख्दै अल्मुताइरीले प्रमुख प्रशिक्षकको जिम्मेवारी छाडेको घोषणा गरेका हुन् ।
उनले जिम्मेवारी सम्हालेको ५२५ दिनपछि प्रशिक्षकबाट बिदा लिएको स्टाटसमा उल्लेख गरेका छन् । उनी गत कात्तिकमा नेपालकाे प्रमुख प्रशिक्षकको रुपमा नियुक्त भएका थिए ।

