काठमाडौं । निर्वाचन आयोगले १२ वटा राजनीतिक दलसँग छलफल गर्ने भएको छ । आयोगले आज दिउँसो १२ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।
निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावबारे केन्द्रित रहेर समसामयिक विषयमा छलफल गर्न प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाइएको हो ।
निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको आचारसंहितालाई लिएर प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाउँदै आएका छन् । आजको बैठकमा यसबारे पनि छलफल हुने बताइएको छ ।
