• ट्रेण्डिङ्ग :
राष्ट्रिय खेलकुदमा पदक जित्नेलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने

राष्ट्रिय खेलकुदमा पदक जित्नेलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने


  • 5.5K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    राष्ट्रिय खेलकुदमा पदक जित्नेलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने

    कैलाली :  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताएका छन् ।  नवौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा आज यहाँ आयोजित प्रदेशस्तरीय छनौट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले नवौँ राष्ट्रियमा अब्बल हुने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताउनुभयो । राष्ट्रलाई चिनाउन खेलाडीको अहम् भूमिका हुने उनको भनाइ थियो ।  

    images

    सबै जिल्लामा खेलकुदका संरचना निर्माणका साथै खेलाडीको क्षमता वृद्धिका लागि कार्यक्रम अगाडि बढाएको मुख्यमन्त्री भट्टले बताए । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ खेलमध्ये ३३ खेलमा सुदूरपश्चिम प्रदेशको सहभागिता रहने जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # त्रिलोचन भट्ट

  • तेस्रो आँखा