• ट्रेण्डिङ्ग :
साफ महिला फुटबल
नेपालले उपविजेतामै चित्त बुझायो, बंगलादेशसँग ३-१ ले पराजित

नेपालले उपविजेतामै चित्त बुझायो, बंगलादेशसँग ३-१ ले पराजित


  • 4.4K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    नेपालले उपविजेतामै चित्त बुझायो, बंगलादेशसँग ३-१ ले पराजित

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले उपविजेतामै चित्त बुझाएको छ । दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशसँग ३-२ ले पराजित हुँदै नेपाल उपविजेतामै सीमित भयो । 

    images

    यसअघि ५ मध्ये चारपटक फाइनल खेलेको नेपाल भारतसँग पराजित हुँदै आएको थियो । यसपालि भने सेमिफाइनलमा भारतलाई पराजित गर्दै फाइनल पुगेको नेपाल अन्ततः बंगलादेशसँग ३-१ गोल अन्तर पराजित हुन पुग्यो । इतिहासमै दोस्रोपटक फाइनल खेलेको बंगलादेशले यसपटक नेपाललाई पराजित गर्दै पहिलोपटक च्याम्पियन बन्न सफल भयो ।

    खेलको १४औं मिनेटमा साम सुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । उनी १०औं मिनेटमा जहान सोप्ताको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । मैदान प्रवेश गरेलगत्तै गोल गरेपछि बंगलादेशको टिमको आत्मविश्वास बढेको थियो । ४२औं मिनेटमा श्रीमोती कृष्णरानी सरकारले गोल गर्दै बंगलादेशको अग्रतालाई दोब्बर पारेकी थिइन् ।

    पहिलो हाफमा २ गोलले पछि परेको नेपालले दोस्रो हाफमा १ गोल फर्काउँदा उल्टै १ गोल खानुपरेको थियो । ७०औं मिनेटमा अनीता बस्नेतले गोल गर्दै नेपाललाई २-१ को अवस्थामा पुर्याएकी थिइन् । ७७औं मिनेटमा पुन: कृष्णारानीले गोल गरेपछि बंगलादेश ३-१ को जित निकाल्दै उपाधि चुम्न सफल भयो ।

    Bangladesh-teem.jpg

  • सम्बन्धित विषय:

  • # साफ महिला फुटबल

  • तेस्रो आँखा