• ट्रेण्डिङ्ग :
राष्ट्रिय खेलकुद कार्यक्रममा प्रधानमन्त्रीलाई निमन्त्रणा

राष्ट्रिय खेलकुद कार्यक्रममा प्रधानमन्त्रीलाई निमन्त्रणा


  • 4.7K
    SHARES
    • आश्विन १४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    राष्ट्रिय खेलकुद कार्यक्रममा प्रधानमन्त्रीलाई निमन्त्रणा

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता – २०७९ को समापन कार्यक्रमका लागि  निमन्त्रणा पत्र बिहीबार प्रदान गरिएको छ ।

    images

    राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कात्तिक ३ गते पोखरा रंगशालामा हुने नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लािग निमन्त्रणा पत्र प्रदान गरेका हुन् ।

    सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ पनि उपस्थिति थिए । त्यस अवसरमा मन्त्री गहतराज र सदस्य–सचिव घिसिङले प्रधानमन्त्री देउवालाई नवौं राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराएका थिए ।

    नवौं राष्ट्रिय खेलकुदको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई असोज ११ गते निमन्त्रणा पत्र प्रदान गरी सकिएको छ ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय खेलकुद

  • तेस्रो आँखा
    लेखकबाट थप