• ट्रेण्डिङ्ग :
पर्दाका कथा
१४ वर्षपछि फिल्म सञ्चालन हुँदा पनि हल फर्किएनन् दर्शक

१४ वर्षपछि फिल्म सञ्चालन हुँदा पनि हल फर्किएनन् दर्शक


  • 4.7K
    SHARES
    • आश्विन १५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    १४ वर्षपछि फिल्म सञ्चालन हुँदा पनि हल फर्किएनन् दर्शक

    काठमाडौं । भारत प्रशासित कास्मीरमा १४ वर्षपछि चलचित्र हलहरू पूनः सञ्चालन गर्न थालिएको छ । धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ भने अन्य हल पनि सञ्चालनको तयारीमा रहेको बताइएको छ ।

    images

    तीन बर्ष अगाडिदेखि भारतको प्रत्यक्ष शासन अन्तर्गत आएको काश्मिरमा अहिले आएर चलचित्र हल खुल्न लागेका हुन् । धेरै जनधनको क्षति हुनेगरी चलेको झन्डै एक दशक लामो युद्धका कारण त्यहाँका चलचित्र व्यवसायीहरु विस्थापित भएकाले चलचित्र हलहरु बन्द भएका थिए ।

    अहिले चलचित्र देखाउन थालिए पनि दर्शकको सङ्ख्या भने अत्यन्त न्युन रहेको व्यवसायीहरूले बताएका छन् । ५२० सिट रहेको हलमा झन्डै एक दर्जन मात्रै दर्शक रहेको जानकारी दिइएको छ । 

    सेप्टेम्बर २० तारिखमा सुरु भएको चलचित्रको उद्घाटन काश्मिरका लागि भारतका उच्चप्रशासक मनोज सिन्हले गरेका थिए भने हल सञ्चालन काश्मिरका व्यवसायीसँग मिलेर भारतीय व्यवसायीले गरेका हुन् । 

    ‘मानिसहरू अझै पनि चलचित्र हेर्नेतर्फ देखिएका छैनन्, चलचित्रबाट धेरै टाढा पुगेकाले फेरि पहिलेकै अवस्थामा ल्याउन समय लाग्नु स्वभाविक हो’ त्यहाँका एक स्थानीयले भारतीय सञ्चार माध्यमबाट कुरा गर्दै भने  । 

    एक अर्का स्थानीयको भनाइ भने फरक छ, ‘चलचित्रका बारेमा आम नागरिकको फरक धारणा पाइन्छ, कतिपयले चलचित्र हेर्नुलाई राम्रो मान्छन् भने कतिपयले गलत मान्दछन्, मैले भने यसलाई प्रगतिको सङ्केतका रुपमा लिन्छु ।’ 

    शनिबारको दिवाकालीन र सन्ध्याकालीन प्रदर्शनीमा जम्मा सिटको १० प्रतिशतभन्दा कम दर्शक आएको पाइन्छ । 

  • सम्बन्धित विषय:

  • # पर्दाका कथा

  • तेस्रो आँखा
    लेखकबाट थप