• ट्रेण्डिङ्ग :
बाढीको वितण्डा
पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु

पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु


  • 6.0K
    SHARES
    • आश्विन २२, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु

    जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घट्नास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । 

    जुम्ला । जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घटनास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । 

    images

    ‘बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबैजना सुतिरहेका रहेछन्, उम्किनै पाएनन्’, उनले भने, ‘प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ ।’

    जुम्लामा निरन्तर वर्षा भइरहेको छ । घट्नास्थलमा पुग्ने सडक सबै भत्किएको छ । जिल्ला सुरक्षा समितिको टोली पैदल घट्नास्थलतर्फ जाँदै गरेको डीएसपी चन्दले बताए, ‘हामी सबै बाटोमै छौँ, सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो । साँझसम्म घट्नास्थलमा पुग्ने आश गरेका छौँ ।’ 

    सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डीएसपी चन्दले जानकारी गराए । वर्षाका कारण जिल्लाभरि टेलिफोन सेवासमेत अवरुद्ध भएको उनको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # बाढीको वितण्डा

  • तेस्रो आँखा
    लेखकबाट थप