काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिख लगातार चौथो जितसहित प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बायर्नले समूह ‘सी’ को खेलमा भिक्टोरिया प्लाजेनलाई ४–२ ले हरायो । बायर्न प्रतियोगिताको नकआउट चरणमा पुगेको यो लगातार १५ औं पल्ट हो ।
बायर्नले यसपल्ट लिग चरणका सबै चार खेल जितेको छ । बायर्नको जितमा लियोन गोरेट्जकाले दुई तथा साडियो माने र थोमस मुलरले समान एकरएक गोल गरे । प्लेजेनका एडाम भिकानोभा र जान क्लिमेन्टले गोल गरे ।
जितसँगै समूह ‘सी’ मा लगातार चौथो जित निकालेको बायर्न १२ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । यो समूहको अर्को खेलमा बार्सिलोना र इन्टर मिलानले बराबरी खेलेका छन् । बार्सिलोना र इन्टर मिलानले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
बराबरीको यो नतिजाले बार्सिलोनालाई अर्को चरणमा पुग्न कठिन बनाएको छ । यो समूहमा मिलानको ७ तथा बार्सिलोनाको ४ अङ्क छ । यसै समूहको अर्को खेलमा बार्सिलोना र इन्टर मिलानले ३–३ को रोमाञ्चक बराबरी खेले । यो नतिजाले बार्सिलोनाको अन्तिम १६ मा प्रवेश कठिन बनेको छ ।
बायर्नपछि इन्टर सात अंकमा दोस्रो स्थानमा छ भने बार्सिलोनाको चार अंक मात्र छ । समूह ‘ए’ मा नेपोलीले आयाक्सलाई ४–२ ले हरायो । नेपोलीको पनि यो लगातार चौथो जित हो ।
यसै समूहमा मोहमद सलाहको ह्याट्रिकमा लिभरपुलले रेन्जर्सलाई ७–१ ले पराजित गर्यो । समूह ‘बी’ का खेलमा क्लब ब्रुग्स र एटलेटिको म्याड्रिडले गोलरहित बराबरी खेले भने एफसी पोर्टोले बायर लेभरकुजनलाई ३–० ले हरायो । यस्तै समूह ‘डी’ मा टोटनहमले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ४–२ र मार्सेले स्पोर्टिङ लिस्बनलाई २–० ले पन्छायो ।
