तेस्रोआँखा
काठमाडौं, पुस १ । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आफ्नो राजीनामा बुझाएका छन् । उनले यसअघि सामाजिक सञ्जाल मार्फत राजीनामा दिएको घोषणा गरेका थिए । देउवालाई भेटेर रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । कांग्रेसको महामन्त्रीमा पराजित भएपछि रिजालले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । कुनै पनि निर्वाचनमा पराजय भएपछि सरकारमा बस्न नहुने पुरानो राजनीतिक मान्य हो । यहि मान्यतालाई आत्मसात गर्दै उनले राजीनामा दिएका हुन् ।
