• ट्रेण्डिङ्ग :
टी–२० विश्व कप क्रिकेटमा आज नामिबिया र नेदरल्यान्ड तथा श्रीलंका र यूएई खेल्दै

टी–२० विश्व कप क्रिकेटमा आज नामिबिया र नेदरल्यान्ड तथा श्रीलंका र यूएई खेल्दै


  • 4.8K
    SHARES
    • कार्तिक १, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    टी–२० विश्व कप क्रिकेटमा आज नामिबिया र नेदरल्यान्ड तथा श्रीलंका र यूएई खेल्दै

    काठमाडौं । आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘ए’ को नामिबिया र नेदरल्यान्ड तथा दोस्रो खेलमा श्रीलंका र यूएईबीच खेल हुनेछ ।

    images

     अस्ति भएको पहिलो उद्घाटन खेलमा नामिबियाले श्रीलंकालाई र दोस्रो खेलमा नेदरल्यान्डले यूएईलाई हराएको थियो ।

    त्यस्तै हिजो भएको खेलमा स्कटल्यान्डले वेस्ट इन्डिज र जिम्बाबेले आयरल्यान्डलाई हरायो । अस्ट्रेलियामा भइरहेको विश्वकपमा आयोजक अस्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्लादेश गरी १६ टोली सहभागी छन् । नामिबिया र नेदरल्यान्डको खेल बिहान पौने १० बजे तथा श्रीलंका र यूएईको खेल दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

  • सम्बन्धित विषय:

  • # आईसीसी टी–२०

  • तेस्रो आँखा