• ट्रेण्डिङ्ग :
नवौँ राष्ट्रिय खेलकुद
बुद्धिचालमा सुजना लोहनीलाई तीन स्वर्ण पदक

बुद्धिचालमा सुजना लोहनीलाई तीन स्वर्ण पदक


  • 5.2K
    SHARES
    • कार्तिक २, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    बुद्धिचालमा सुजना लोहनीलाई तीन स्वर्ण पदक

    गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल भएकी छन् । यहीँ असोज २७ गतेदेखि भएको प्रतियोगितामा महिलातर्फको तीनवटै इभेन्टमा लोहनीले स्वर्ण पदक जित्न सफल भएकी हुन् । 

    images

    प्रतियोगिताअन्तर्गत महिलातर्फको क्लासिकल इभेन्टका नौ खेलमा सबै खेल जित्दै उनले नौ अङ्क प्राप्त गर्दै प्रतियोगितामा पहिलो स्वर्ण पद जितेको र्णायक दीपेश गिरीले जानकारी दिए । त्यस्तै महिलातर्फको बिल्च इभेन्टमा पनि लोहनीले नौ खेलमा नौवटै खेल जितेर नौ अङ्कका साथ दोस्रो स्वर्ण जित्न सफल भएकी हुन्  ।  

    त्यसैगरी आज सम्पन्न  र्‍यापिड चरणका खेलमा समेत लोहनीले सबै नौ खेल जितेर नौ अङ्कका साथ प्रतियोगितामा तेस्रो स्वर्ण पदक हात पार्न सफल भएको आयोजकले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # बुद्धिचाल

  • तेस्रो आँखा
    लेखकबाट थप