• ट्रेण्डिङ्ग :
फिफा विश्वकप २०२६ को लोगो सार्वजनिक

फिफा विश्वकप २०२६ को लोगो सार्वजनिक


  • 4.0K
    SHARES
    • जेठ ४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.1K Views

    फिफा विश्वकप २०२६ को लोगो सार्वजनिक

    काठमाडौं, ४ जेठ । सन् २०२६ को फिफा विश्वकपको लोगो सार्वजनिक भएको छ । फिफा विश्वकप आउन अझै तीन वर्ष बाँकी छ तर, फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकपको लोगो सार्वजनिक गरेका हुन् ।

    images


    ५३ वर्षीय इन्फान्तिनोले एक समारोहका बीच लोगो अनावरण गरेका हुन् । 


    ब्राजिलका विश्व विजेता रोनाल्डो नाजारियो दा लिमाले आफ्नो हातमा विश्वकप लिएर मञ्चमा निस्किए र इन्फान्तिनोसँग मिलेर लोगो अनावरण गरे ।

    फिफाका बिजनेश अफिसर रोमी गाईले यसपल्ट विश्वकपको लोगो किन सरल डिजाइनमा छ भनेर प्रष्ट पारेका छन् ।

    ‘यो लोगोले समर्थकहरुलाई नयाँ प्रतीक, टाइपफेस र मुख्य रंग गरी तीन रोमान्चक तत्वहरुको परिचय गराउँछ । जसले आगामी महिना र वर्षहरुमा यो प्रतियोगितालाई जीवन्त बनाउनेछ,’ उनले थपे ।

    तीन वर्षपछि हुने विश्वकपको फाइनल मितिसमेत घोषणा गरिएको छ । फाइनल खेल सन् १९ जुलाई, सन् २०२६ आइतबार हुनेछ ।

    विश्वकपमा छनोट भएका सबै टिमहरुले आफ्नो टिम घोषणा गर्ने अन्तिम समयसीमा २५ मे, सन् २०२६ हुनेछ ।

    पहिलोपल्ट फिफाले विश्वकपमा ४८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

    विश्वकपको १६ खेलस्थल पनि सार्वजनिक भएको छ । विश्वकपका खेलहरु क्यानडाका २, मेक्सिकोका ३ र अमेरिकाका ११ रंगशालामा सञ्चालन गरिनेछ ।


    तेस्रो आँखा