लक्ष्मण बस्नेत ,दाङ १८ जेठ/
दाङ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको अध्यक्षमा अजय केसी चयन भएका छन् । जिल्लामा शारीरिक सुगठन तथा फिटनेसमा क्रियाशिल पुर्व खेलाडी,खेलाडी तथा शुभचिन्तकहरुको बिहीवार बेलझुन्डिमा सम्पन्न भेलाले अजय केसी अध्यक्ष रहेको ९ सदस्यीय शारीरिक सुगठन तथा फिटनेस संघ गठन गरेको हो ।
जसको उपाध्यक्षमा दिपेन्द्र शाह, सचिब लक्ष्मण बस्नेत, कोषाध्यक्ष गरिमा पुन मगर रहेका छन् । त्यसैगरी सदस्यहरुमा भुपेन्द्र डागी,अमि बुढामगर, सन्तोष गिरि, मुना बिक र सुरज केसी रहेका छन् । भेला अजय केसीको अध्यक्षता तथा नेपाल शारीरिक सुगठन तथा फिटनेसका महासंघका केन्द्रिय प्रतिनिधि आशिष श्रेष्ठ र दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख शान्ती सोमै थापाको विशेष आतिथ्य एवं रोहवरमा भएको थियो ।
