• ट्रेण्डिङ्ग :
सन्दीपलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी

सन्दीपलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी


  • 3.4K
    SHARES
    • जेठ २१, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    सन्दीपलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी

    काठमाडौं, २१ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।

    images

    बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंले असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो ।

    जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा छ । तर यो बीचमा लामिछानेको मुद्दाको पेसी परेको भन्दै क्यानले उनलाई टोलीसँगै पठाएको थिएन ।

    तर अहिले पेसी सरेपछि उनलाई जतिसक्दो छिटो दक्षिण अफ्रिका पठाउन लागिपरेको क्यानका कार्यकारी सचिव दुर्गाराज पाठकले जानकारी दिए ।


    ‘सन्दीपको मुद्दाको पेसी असार २९ गतेका लागि सरेपछि हामी उनलाई भोलि (सोमबार) बेलुका दक्षिण अफ्रिका पठाउने तयारीमा छौं’, पाठकले भने ।


    तेस्रो आँखा