• ट्रेण्डिङ्ग :
पाकिस्तानसँग ९ रनले हार्‍यो नेपाल

पाकिस्तानसँग ९ रनले हार्‍यो नेपाल


  • 2.9K
    SHARES
    • जेठ ३०, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    पाकिस्तानसँग ९ रनले हार्‍यो नेपाल

    दाङ ३० जेठ /
    नेपाल हङकङमा जारी एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ ।

    images

    पाकिस्तानले दिएको ८८ रनको लक्ष्य पछाएको नेपाली महिला क्रिकेट टिमले २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्र बनाएपछि खेल ९ रनले हारेको हो ।  यसअघि टस हारेर पहिला ब्याटिङ गरको पाकिस्तानको ए टिमले १९.२ ओभरमा अल आउट हुँदै ८७ रन बनाएको थियो ।

    १२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको ए र आयोजक हङकङसँगै समूह ए मा रहेको छ ।  नेपालले अब दोस्रो खेल १५ जुनमा भारतको ए टिमसँग र १७ जुनमा आयोजक हङकङसँग खेल्ने तालिका रहेको छ ।


    तेस्रो आँखा