• ट्रेण्डिङ्ग :
तनहुँमा बोराभित्र महिलाको शव

तनहुँमा बोराभित्र महिलाको शव


  • 2.6K
    SHARES
    • जेठ ३०, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.1K Views

    तनहुँमा बोराभित्र महिलाको शव

    तनहुँ ३० जेठ /
    तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र मंगलबार एउटा शव फेला परेको छ । चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए ।

    images

    घटनास्थलमा डीएसपी खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । उनले भने, ‘प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ ।’ व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो । ‘शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन’, प्रनाउ खाँणले भने । उक्त बाटो हिँड्डुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

     


    तेस्रो आँखा