• ट्रेण्डिङ्ग :
नक्कली भूटानी शरणार्थी प्रकरण
आदेश आउनुअघि अदालत परिसरको सुरक्षा व्यवस्था कडा

आदेश आउनुअघि अदालत परिसरको सुरक्षा व्यवस्था कडा


  • 3.8K
    SHARES
    • आषाढ १, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    आदेश आउनुअघि अदालत परिसरको सुरक्षा व्यवस्था कडा

    काठमाडौँ, १ असार । नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले थुनछेक आदेश दिने भएसँगै अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

    images

    शुक्रबार अदालतमा सम्पूर्ण थुसनछेक बहस सकिएसँगै न्यायाधीश प्रेम प्रसाद न्यौपानेले आदेश जारी गर्न लागेका हुन् । सो प्रकरणमा ११ दिनसम्म लगातार थुनछेक बहस भएको थियो । शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेसहित १८ जना पक्राउ परेका थिए । कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन् । 

    bhutane_bPIBnycv9H-01.jpegभुटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदनसहितको फाइल जिल्ला सरकारी वकिललाई बुझाएपछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा गत जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । लगत्तै अदालतमा अभियुक्तहरुको बयानपछि जेठ २१ बाट थुनछेक बहस सुरु भएर बिहीबारसम्म चलेको थियो । त्यसअघि शुक्रवार सरकारी वकिल र जाहेरीकर्ताका वकिलले जवाफ दिएपछि अदालतको थुनछेक आदेश आउन लागेको हो ।


    तेस्रो आँखा