तुलसीपुर ३ असार /
गाईको बाच्छी काटेर खाएको आरोपमा ईलाका प्रहरी कार्यालय तुलसीपुरले एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान १० बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरा निवासी ५६ वर्षीय बुद्धिराम सार्कीले सोही ठाउँका ४२ वर्षीया खिमकली खत्रीको २ बर्षको गाईको बाच्छी मारेर मासु काटेर घररमा राखेका थिए ।
गाईको बाच्छी काटेर मासु राखेको भन्ने जानकारी पाएपछि बिहान पौने १२ बजेको समयमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीको कमाण्डमा ५ जनाको प्रहरी टोलीले सार्कीलाई नियन्त्रणमा लिएको हो ।
