• ट्रेण्डिङ्ग :
बलात्कार मुद्दाका फरार अभियुक्त ३८ वर्षपछि पक्राउ 

बलात्कार मुद्दाका फरार अभियुक्त ३८ वर्षपछि पक्राउ 


  • 2.8K
    SHARES
    • आषाढ ४, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    बलात्कार मुद्दाका फरार अभियुक्त ३८ वर्षपछि पक्राउ 

    रोल्पा ४ असार /
    रोल्पामा बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले ३८ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गंगादेव गाउँपालिका ६ झारखोला निवासी ६२ वर्षीय सरजन राना क्षेत्री भन्ने सर्वजित राना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई असार १ गते त्रिवेणी गाउँपालिका ३ कोईलाबाट पक्राउ गरिएको हो ।

    images

    पक्राउ परेका अभियुक्तलाई रोल्पा जिल्ला अदालतले २०४२ कार्तिक १९ गते जवरजस्ती करणी मुद्दामा दोसी ठहर गर्दै ३ वर्ष ३ महिना १८ दिन कैद सजायको फैसला गरेको थियो । त्यसपछी उनी फरार रहेका थिए । उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय रोल्पामा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिए ।


    तेस्रो आँखा