• ट्रेण्डिङ्ग :
बुहारीको कुटाइले सासूको ज्यान गयो

बुहारीको कुटाइले सासूको ज्यान गयो


  • 2.5K
    SHARES
    • आषाढ ९, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 3.9K Views

    बुहारीको कुटाइले सासूको ज्यान गयो

    काठमाडौँ, ९ असार । बुहारीको कुटपिटबाट सासूको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासूलाई कुटपिट गरी हत्या गरेपछि बुहारी पक्राउ परेकी छिन् ।

    images

    जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार यसरी पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेकी छिन । प्रहरीका अनुसार गत आइतबार ६३ वर्षीया सासू शूकमाया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन भएपछि उनलाई पक्राउ गरिएको हो ।

    घरायसी विवादमा बुहारीले सासूलाई कुटपिट गरेको र मृतक सासूको घाँटीमा नीलडाम देखिएको अनुसन्धानमा खुलेको छ । मृतकका भाइ गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटान जाहेरी दिएपछि बुहारी विष्णुमायालाई पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । 

    पक्राउ परेकी बुहारीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको छ ।


    तेस्रो आँखा