• ट्रेण्डिङ्ग :
बर्दियामा हिरासतबाट भागेका दुई जना पक्राउ

बर्दियामा हिरासतबाट भागेका दुई जना पक्राउ


  • 6.0K
    SHARES
    • आषाढ १६, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 9.3K Views

    बर्दियामा हिरासतबाट भागेका दुई जना पक्राउ

    काठमाडौं, १६ असार । जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतबाट फरार दुई जना पक्राउ परेका छन् ।

    images

    शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली शनिबार विहान पौने एक बजे पक्राउ परेका हुन् ।

    उनीहरु ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका थिए । उनीहरुलाई मधुवन नगरपालिका–५ को बेलझुण्डी सामुदायिक वन क्षेत्रबाट पक्राउ परेका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।


    तेस्रो आँखा