• ट्रेण्डिङ्ग :
संसदमा एमाले सांसदको नाराबाजी 

संसदमा एमाले सांसदको नाराबाजी 


  • 6.3K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    संसदमा एमाले सांसदको नाराबाजी 

    काठमाडौं, ६ पुस ।  प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ।  

    images

    सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन्। 

    एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन्। 

    नवौँ महाधिवेशनका सबै बैठकमा नाराबाजी गरेको एमाले सांसदहरूले जारी १०औँ अधिवेशनको दोस्रो बैठकमा अहिले नाराबाजी गरिरहेका हुन्। 


    तेस्रो आँखा