• ट्रेण्डिङ्ग :
गैरकानुनी रूपमा कतारबाट सुन ल्याएको आरोपमा १२ जना पक्राउ 

गैरकानुनी रूपमा कतारबाट सुन ल्याएको आरोपमा १२ जना पक्राउ 


  • 5.0K
    SHARES
    • आषाढ २५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 7.7K Views

    गैरकानुनी रूपमा कतारबाट सुन ल्याएको आरोपमा १२ जना पक्राउ 

    काठमाडौं २५ असार /
    गैरकानुनी रूपमा कतारबाट सुन ल्याएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने १२ जना नेपालीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

    images

    उनीहरूले भन्सार छली गर्दै सुन ल्याएको आरोप छ । नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको साथमा स-साना परिमाणका सुनका गहना फेला परेका थिए ।

    सुनिलकुमार महरा, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पंजियार, भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, निभाइ साहलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूले करिब २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५ सय ४९ बराबरको सुनलगायत कारोबार गरेको देखिएको छ।


    तेस्रो आँखा