• ट्रेण्डिङ्ग :
फार्मेसी अधिकृतको आत्महत्या दुरुत्साहनमा प्रशासन प्रमुखसहित ४ जना पक्राउ

फार्मेसी अधिकृतको आत्महत्या दुरुत्साहनमा प्रशासन प्रमुखसहित ४ जना पक्राउ


  • 2.7K
    SHARES
    • आषाढ २९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    फार्मेसी अधिकृतको आत्महत्या दुरुत्साहनमा प्रशासन प्रमुखसहित ४ जना पक्राउ

    काठमाडौं २९ असार /
    मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शुक्रबार कार्यालयमै मृत फेला परेपछि पोखरेलकी पत्नी मनिका कोइरालाले चार जनाविरुद्ध आत्माहत्या दुरुत्साहनमा किटानी जाहेरी दिएकी छन् ।

    images

    सोही जाहेरीका आधारमा महाराजगन्ज बृत्तले मनमोहनका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इन्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र फार्मेसी सहायक कृष्ण पौडेललाई पक्राउ गरेको हो । उनीहरुलाई महाराजगन्ज बृत्तको हिरासतमा राखिएको छ ।

    पोखरेलको सुसाइड नोटमा आत्माहत्या गर्न बाध्य पारेको उल्लेख छ । फार्मेसीमा आर्थिक अनियमितता भएको भन्दै उनीमाथी प्रशासनले छानविन गरिरहेको थियो । तर आफूलाई फसाएर अरु उम्कन खोजेको नोटमा उल्लेख भेटिएको छ । आफन्त र कर्मचारीले शव बुझ्न मानेका छैनन् भने निस्पक्ष छानविन गरी दुरुत्साहनको कसुरमा कारबाही गर्न माग गरेका छन् ।


    तेस्रो आँखा