काठमाडौं, २ साउन । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ लाई धज्जी उडाउँदै अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रक कार्यालयले आपसी मिलेमतोमा एक सातामा ९६ अर्ब २२ करोड १७ लाख रुपैयाँ निकासा गरेको छ ।
तर, संघीय सरकारले नियमावलीको छिद्र पत्ता लगाई आपसी मिलेमतोमा सातामै खर्ब हाराहारीमा खर्च गरेको हो । कोष तथा लेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार एक साताको अवधिमा सबैभन्दा बढी खर्च पुँजीगत शीर्षकमा भएको छ । एक साताको अवधिमा कुल ९६ अर्ब २२ करोड रुपैयाँ निकासा दिएकोमध्ये सबैभन्दा बढी पुँजीगत शीर्षकमा भुक्तानी दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
