• ट्रेण्डिङ्ग :
बाघको छालासहित कैलालीमा २ जना पक्राउ

बाघको छालासहित कैलालीमा २ जना पक्राउ


  • 3.0K
    SHARES
    • श्रावण ५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    बाघको छालासहित कैलालीमा २ जना पक्राउ

    काठमाडौं, ५ साउन । संरक्षित वन्यजन्तु बाघको छालासहित कैलालीमा २ जना पक्राउ परेका छन्। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको संयुक्त टोलीले कैलालीको गोदावरी नगरपालिका–२ रिङरोडबाट २ जनालाई पक्राउ गरेको हो।

    images

    पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ घर भएका ६५ वर्षीय देवसिंह बिष्ट र बैतडीकै पाटन नगरपालिका–८ बस्ने ३० वर्षका हर्क बहादुर बिष्ट छन्। प्रहरीले उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइ भएको बाघको छाला बरामद गरेको छ। पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ। 


    तेस्रो आँखा