• ट्रेण्डिङ्ग :
धरानमा गोली हानी युवकको हत्या

धरानमा गोली हानी युवकको हत्या


  • 2.7K
    SHARES
    • श्रावण ५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    धरानमा गोली हानी युवकको हत्या

    विराटनगर, ५ साउन । सुनसरीको धरानको सडकखण्डमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका  ५  का  २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।

    images

    उनीमाथि धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै  गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो ।

    प्रहरी स्रोतका अनुसार उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ  । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घाइते चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिए ।

    घटनाको अनुसन्धान भइरहेको उनले बताए । गोली प्रहार गरेको कारण  नखुलेको उनको भनाइ छ ।


    तेस्रो आँखा