• ट्रेण्डिङ्ग :
नेपालले एसिया छनोटको प्रारम्भिक चरणमा लाओससँग खेल्ने

नेपालले एसिया छनोटको प्रारम्भिक चरणमा लाओससँग खेल्ने


  • 3.7K
    SHARES
    • श्रावण ११, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    नेपालले एसिया छनोटको प्रारम्भिक चरणमा लाओससँग खेल्ने

    काठमाडौं, ११ साउन । एएफसी एसिया कप–२०२७ र फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा नेपाली राष्ट्रिय फुटबल टिमले लाओसविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।

    images

    होम एन्ड अवे पद्दतिमा हुने पहिलो चरणको छनोटका लागि बिहीबार भएको ‘ड्र’बाट नेपालले लासोसलाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो । पहिलो चरणका जित निकाल्ने टिमले दोस्रो चरणमा स्थान बनाउनेछ ।

    छनोटको पहिलो चरण अक्टोबर १२ देखि १७ सम्म हुनेछ । छनोटको दोस्रो चरणमा एसियाका शीर्ष २६ वरीयताभित्र परेका टिमहरु छन् । फिफाको एसियाली वरीयताको पुछारका २० टिममा परेपछि नेपालले विश्वकप छनोटको पहिलो चरण खेल्ने भएको हो । नेपालले हालसम्म एसिया कप र फिफा विश्वकपमा स्थान बनाउन सकेको छैन ।

    नेपालले यसअघि सन् २०२२ को विश्वकप छनोटमा भने सोझै दोस्रो चरणमा प्रतिस्पर्धा गरेको थियो । सन् २०२६ को फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुने तालिका छ । यस्तै, २०२७ को एसिया कप साउदी अरेबियामा हुने तय भएको छ ।


    तेस्रो आँखा