• ट्रेण्डिङ्ग :
कोशी प्रदेशका सभामुख बाबुराम गौतमद्वारा राजीनामा

कोशी प्रदेशका सभामुख बाबुराम गौतमद्वारा राजीनामा


  • 3.5K
    SHARES
    • श्रावण १६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    कोशी प्रदेशका सभामुख बाबुराम गौतमद्वारा राजीनामा

    काठमाडौं, १६ साउन । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएका हुन् । उनले उपसभामुख सिर्जना दनुवारलाई आफ्नो राजीनामा बुझाएका हुन् । कोशी प्रदेशमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्य मन्त्री बनाउन र उनको पक्षमा बहुमत जुटाउन सभामुख गौतमले राजीनामा दिएका हुन् ।

    images

    थापाको नेतृत्वमा सरकार बनाउने केन्द्रीय सत्ता गठबन्धनले निर्णय गरेको छ । सुरुमा राजीनामा नदिने बताउँदै आएका गौतमले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाह र आग्रहमा राजीनामा दिएका हुन् । गौतमले राजीनामा दिएपछि गठबन्धन दलको समर्थनमा कांग्रेसका नेता थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा नियुक्तिका दाबी पेस गर्न जाने तयारी गरेका छन् । गौतमको राजीनामाले कांग्रेस नेता थापालाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेस गर्न बहुमत पुगेको छ ।

    ९३ सदस्यीय कोशी प्रलेश सभामा एमालेका ४०,नेपाली कांग्रेसका २९,माओवादीका १३, राप्रपाका ६, नेकपा एककिृत समाजवादीका ४ र जनता समाजवादीका १ सांसद रहेका छन् । सरकार गठनमा बहुमत पुर्‍याउन ४७ जनाको समर्थन चाहिन्छ ।


    तेस्रो आँखा