तेस्रो आँखा डेस्क
काठमाडौं,पुस ११ ।
नेकपा माओवादी केन्द्रले आगामी कार्य समिति १५ पदाधिकारी सहित २९९ सदस्यीय बनाउने भएको छ । आज बिहान बसेको केन्द्रीय कमिटि बैठकले १५ पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरेको हो ।
५ पदाधिकारी मध्य एकजना अध्यक्ष सहित १ जना बरिष्ठ उपाध्यक्ष र ६ जना उपाध्यक्ष रहनेछन् । यसैगरि एकजना महासचिव, दुई उपमहासचिव, तीनना सचिव र एकजना कोषाध्यक्ष रहने छन् । यसैगरि आफ्नो राष्ट्रिय सम्मेलनलाई माओवादीले महाधिवेशनमा रुपान्तरण गरेको छ । हिँजो बसेको स्थायी कमिटि बैठकले महाधिवेशनमा रुपान्तरण गर्नुपर्ने भन्दै गरेको सिफारीसलाई केन्द्रीय समितिले अनुमोदन गरेको हो ।
