काठमाडौं १३ भदौ/ एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानले जितका लागि नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिकार अहमदको दोहोरो शतकीय साझेदारीमा पाकिस्तानले नेपाललाई जितका लागि १४३ रनको विशाल लक्ष्य दिएको हो ।
उनीहरु दुवैले व्यक्तिगत शतकसमेत बनाए । पाकिस्तानले पूरै ५० ओभरमा ५ विकेट गुमाएर ३४२ रनको विशाल स्कोर बनाएको हो । पाकिस्तनाको मुलतान क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पाकिस्तानले नेपाललाई बलिङको निम्तो दिएको थियो ।
