• ट्रेण्डिङ्ग :
एमाले लुम्बिनी प्रदेश अधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरु 

एमाले लुम्बिनी प्रदेश अधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरु 


  • 3.4K
    SHARES
    • भाद्र १७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    एमाले लुम्बिनी प्रदेश अधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरु 

    बुटवल १७ भदौ/ नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरु भएको छ । बुटवलको रामनगरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा शनिबार बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत भएको थियो ।

    images

    प्रतिवेदनमाथि आज सुरु भएको बन्द सत्रमा प्रतिनिधिहरुले छलफल गर्ने छन् । अध्यक्ष मण्डलले प्रतिवेदनमाथि आफ्ना सुझाव वा टिप्पणी भए लिखित रुपमा उपलब्ध गराउन शनिवार नै निर्देशन गरेको थियो । लिखित आएका टिप्पणी र सुझावको जवाफ दिएपछि थप विषयका लागि खुल्ला गरिने छ । त्यसपछि प्रतिवेदन ११ बजेभित्रै पारित गरेर अधिवेशनको निर्वाचन प्रक्रियामा जाने अध्यक्ष मण्डलका सदस्य एवं पोलिटब्युरो सदस्य सूर्य थापाले बताए ।

    बन्द सत्रको अध्यक्ष मण्डलको अध्यक्षता एमाले केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज पद्मा अर्यालले गरिरहेकी छन् । सदस्यमा स्थायी कमिटी सदस्य कांशीकराज अधिकारी, दलबहादुर राना, डा। पुष्पराज कँडेल, पोलिटब्युरो सदस्य सूर्य थापा, नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रीय सदस्य सावित्रा अर्याल र सरिता खनाल रहेका छन् । बन्द सत्रको प्रतिवेदन पारित भएपछि प्रतिनिधिलाई मात्र पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिने तयारी छ ।

    शनिबार भएको उद्घाटन सत्रमा मन्तव्य व्यक्त गर्ने क्रममा ओलीले नेतृत्वलाई सकेसम्म सर्वसम्मत गराउन निर्देशन दिएका थिए । शनिबार राति अबेरसम्म केन्द्रीय नेताहरु छलफलमा बसेपनि नेतृत्वको विषयमा टुंगो लाग्न नसकेको नेताहरुले जनाएका छन् ।

    आइतबार बिहानैदेखि मणिग्रामस्थित ड्रिम ल्यान्ड होटलमा छलफल जारी छ । प्रदेश अध्यक्षका लागि शनिबारबाट निवर्तमान भएका राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरी रिजाल आकांक्षी छन् । अध्यक्षमा दुई जनाको सशक्त दाबेदारी भएपछि अन्य पद ओझेलमा परेका छन् ।

    अधिवेशनमा सहभागी १२ जिल्लाका १ हजार ४ प्रतिनिधिले २ सय ५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने छन् । नेतृत्व सर्वसम्मत गराउन केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट, पोलिटब्युरो सदस्य लीला गिरी, केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले प्रयास गरिरहेका छन् । तर, सर्वसम्मतको सम्भावना न्यून रहेको एक केन्द्रीय पदाधिकारीले बताए ।


    तेस्रो आँखा