काडमाडौं, १२ पुस । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्ति बाह्य शक्तिको नाङ्गो भक्ति भएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै उनले सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाएको बताएका छन्।
उनले ट्वीटरमा भनेका छन्, ‘प्रमं देउवाले एमसीसीसंगको सम्झौता अरूले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाउनु भएको छ।सम्झौतामा ुकहीं राष्ट्रघात नदेखेकोु र ुसित्तैमा आएको पैसा किन नलिनेु भन्नु नेपालको हित,स्वाधीनता र अधिकारमा आँच पुग्ने प्रावधानप्रति आँखा चिम्लेर वाह्य शक्तिको नांगो भक्ति हो।’
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै एमसीसीको नपढेर नै विरोध गरेको बताएका थिए। उनले एमसीसीको सित्तैमा आएको पैसा भन्दै राष्ट्रघाति नभएको स्पष्ट पारेका थिए।

