तुलसीपुर, १७ असोज । दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेज यस पटक पनि लुम्बिनी प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विज्ञान संकायको (विएस्सी) स्नातक तह चौथो वर्षको परीक्षामा छात्रा तर्फबाट स्वस्तिका विष्टले लुम्बिनी प्रदेशमा प्रथम स्थान ल्याएकी हुन् ।
शैक्षिक सत्र २०७९/८० मा भएको विज्ञान संकायको (विएस्सी) स्नातक तह चौथो वर्षको परीक्षामा ८५ दशमलव ८ प्रतिशत अंक ल्याएर लुम्बिनीमै प्रथम स्थान हासिल गर्न सफल भएको कलेजका प्रिन्सिपल सुरेन्द्र जिसिले जानकारी दिए । सोही संकायमा अध्ययनरत छात्रा स्वस्तिका विष्टले ८५.८० प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेशमै प्रथम भएकी छिन् । त्यस्तै स्वस्तिकासहित सोही संकायमा अध्ययनरत शतप्रतिशत विद्यार्थीहरुले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुन सफल भएका हुन ।
यस कलेजले विसीए, विएस्सी, विविएस र वि।ए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञान दीप कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ । यहाँ अध्यन गरिसकेका विद्यार्थीहरु देश बिदेशमा बिक्न र टिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक सस्थाको रुपमा स्थापित हुँदै आएको छ ।
